कैलालीका एम्बुलेन्स चालक मल्लको उपचारका क्रममा मृत्यु

बोलन्या थली | १ श्रावण २०७७, बिहीबार
कैलालीका एम्बुलेन्स चालक मल्लको उपचारका क्रममा मृत्यु

कैलाली । कैलालीका एम्बुलेन्स चालक रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको छ। गत असार ७ गते आफ्नै घरको छतबाट लडेर घाइते भएका मल्लको उपचारका क्रममा बुधवार ललितपुरमा मृत्यु भएको हो।

मल्ल विगत १० वर्षदेखि एम्बुलेन्स चालकका रूपमा थिए। यस अघि उनलाई धनगढी तथा नेपालगन्जमा उपचार सम्भव नभएपछि ललितपुरमा रहेको मेडिसिन अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा करिब २० लाख बढी खर्च भएपछि रकम अभावले उपचारमा समस्या देखिन थालेको भन्दै स्थानीय युवाहरूले मल्ललाई बचाउन अभियान समेत सञ्चालन गरेका थिए।

सामाजिक कार्यमा अग्रसर रहने मल्लको उपचारका लागि भन्दै स्थानीय युवाहरूले दुई दिनको अवधिमा करिब डेढ लाख रुपैयाँ सङ्कलन गरी पठाएका थिए। तर स्वास्थ्य अवस्था खराब बन्दै गएपछि बुधवार मेडिसिन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

जनाअवजको टिप्पणीहरू