यातायात व्यवस्था कार्यालय धनगढीले सवारी करमा छुट दिने निर्णय
बोलन्या थली |
३१ असार २०७७, बुधबार
धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले असोज महिना सम्म सवारी करमा छुट दिने निर्णय गरेको छ। सेवा ग्राहीको चाप अत्याधीक बढेपछि कार्यालयले असोज मसान्त सम्म सवारी करमा जरिवाना नलिने निर्णय गरेको हो।
बुधबार यातायात कार्यालयले सूचना प्रकाशन गर्दे गत आर्थिक वर्ष र चालुआर्थीक वर्षको सवारी कर बुझाउन नपाएकाको हकमा असोज सम्म कर बुझाएमा थप दस्तुर छुट हुने जनाएको हो।
यातायात कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले श्रावण महिना देखी आगामी आर्थिक वर्ष २०७७-०७८ को अग्रिम कर भने सेवाग्राहीले अनिवार्य बुझाउनु पर्ने बताए।
सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १४ बमोजिम थप दस्तुर छुट सम्बन्धी विशेष व्यवस्था अनुरूप असोज मसान्तभित्र कर बुझाएमा जरिवाना तिर्न नपर्ने निर्णय गरे सँगै म्याद थप गरिएको उनले बताए। यस अघि भने असार मसान्त सम्म कर नबुझाइए साउन देखी जरिवाना तिर्नुपर्ने जनाएको थियो।


