खप्तड क्याफेको दैलामै डेलिभरी !


धनगढी हसनपुरमा रहेको खप्तड क्याफे पुर्ण सुरक्षा सतर्कता सहित अंशिक रुपमा खुलेको छ । बिगत छोटो समयमै ग्राहकहरुलाई मौलिक रेसीपी पस्कन सफल क्याफेले एक केबिन एक ग्राहक र सुरक्षाको ग्यारेन्टी सहित होम डेलिभरी गर्ने संचालक गणेश शाहीले बताए ।
क्याफे तीन महिना देखी बन्द रहदै आएको थियो ।
क्याफेले प्रदेशमा आर्थिक समाजिक जागरणका अभियान गर्ने समाजिक अभियन्ता र समुहलाई आफ्नो कर्पोरेट दायित्व अन्तर्गत निशुल्क हल र बिद्दुतीय उपकरण उपलब्ध गराउदै आएको थियो ।