घरको छ्तबाट लडेर घाईते भएका एम्बुलेन्स चालक मल्लको उपचारमा आर्थिक अभाव
बोलन्या थली |
३० असार २०७७, मंगलवार
अत्तरियामा घरको छ्तबाट लडेर घाईते भएका गोदावरी नगरपालिका २ का एम्बुलेन्स चालक रमेश मल्लको उपचारमा आर्थिक अभाव भएको छ ।
‘एम्बुलेन्स चालक रमेश मल्ल बचाउ अभियान’ चलाएर आर्थिक सहयोग जुटाउन थालिएको हो।
असार ७ गते घरबाट लडेर घाइते भएका मल्लको धनगढी तथा नेपालगञ्जमा उपचार सम्भव नभएपछि भक्तपुरमा रहेको मेडिसिटि अस्पतालमा भर्ना गरिएको छ। हालसम्म उपचारमा करिब २० लाख भन्दा बढी खर्च र्भसकेको र रकम अभावले उपचारमा समस्या देखिन थालेपछि अभियान थालेको अभियानका संयोजक रामचन्द्र भट्टले बताए।
उनले सहयोगलाई सबैलाई अपिल गर्दै अत्तरियामा शाखा कार्यालय रहेको प्रभु बैंक लिमिटेडको खाता नम्बर १७९०१५०२५०९०००१० मा जम्मा गरि सहयोग गरिदिन अनुरोध गरेका छ्न।