डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ


डडेल्धुरामा बन्दुकसहित एक जनालाई पक्राउ परेका छ्न। सोमबार डडेल्धुरा प्रहरीले जिल्लाको आलिताल गाउँपालिका –६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भुरुवा बन्दुकसहित पक्राउ परेका हुन।
उनको साथबाट प्रहरी चौकी आलितालको टोलीले एक नाले भरुवा बन्दुक, २ थान सिसाको गोली र ९ ग्राम बारुद फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
पक्राउ परेका उनिमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।