कर्णाली प्रदेशका एक सांसदमा कोरोना पुष्टि
बोलन्या थली |
३० असार २०७७, मंगलवार
कर्णाली प्रदेशका एक सांसदमा कोरोनाभाइरस(कोभिड-१९) पुष्टि भएको छ।
सोमबार पीसीआर परीक्षण गरेका कर्णाली प्रदेशका एक सांसदको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका एक मन्त्रीले बताए।
ती मन्त्रीका अनुसार ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ। प्रदेशसभाका अन्य सदस्यहरुलाई पनि कोरोना संक्रमण हुने जोखिम भएकोले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताए।