कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी जोशी ८५ हजार घुस सहित पक्राउ

बोलन्या थली | ३० असार २०७७, मंगलवार
कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी जोशी ८५ हजार घुस सहित पक्राउ

कैलालीको जोशीपुर गाउँपालिकाका नायक सुब्बा तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलिले उनलाई पक्राउ गरेको हो। कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार जोशीले सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रबक्ता टोपबहादुर बिष्टले प्रहरी निरीक्षक अनिल गिरीको नेतृत्वको टोलिले पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार अख्तियारको टोली सोमबार नै जोशीपुर गाउँपालिका पुगेको र गाउँपालिकाका सुचना अधिकारी जोशीले सेवाग्राहीबाट लिएको घुस आफ्नो कार्यकक्षमै छोडेर भागेको थिए । अख्तियारको टोलीले जोशीले घुस लिएको पैसा ८५ हजार सोमबार नै जफत गरेको र सुचना अधिकारी जोशीलाई मंगलबार पक्राउ गरेको अख्तियार प्रबक्ता बिष्टले जानकारी दिए ।
प्रबक्ता बिष्टका अनुसार पक्राउ परेका जोशीलाई आजै महेन्द्रनगर स्थित अख्तियार कार्यालय ल्याईएको र उनलाई अख्तियारको केन्द्रिय कार्यालय पठाईने र थप अनुसन्धान हुनेछ ।

जनाअवजको टिप्पणीहरू