बिना अनुमती यात्रु ओसारेको भन्दै चालक र बस नियन्त्रणमा

बोलन्या थली | ३० असार २०७७, मंगलवार
बिना अनुमती यात्रु ओसारेको भन्दै चालक र बस नियन्त्रणमा

धनगढीमा बिना अनुमती यात्रु ओसारेको भन्दै एक चालक पक्राउ परेका छन्। जिल्ला प्रशासनबाट अनुमती नलिई यात्रु ओसारेको भन्दै धनगढी उप–महानगरपालिका–१ का ३५ वर्षीय लक्ष्मण रसायली सोमबार पक्राउ परेका हुन । 
सोमबार प्रहरीले चालक रसाइली र सुपप्र ०१–००१ख२३३० नम्बरको बस नियन्त्रणमा लिएको छ ।

असार १९ गते बिना पास यात्रु बोकेर काठमाडौंतर्फ लागेको तर बिच बाटोबाटै फर्केको जानकारीका आधारमा नियन्त्रणमा लिएको प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

संक्रामक रोग ऐन २०२० बमोजिम गाडी र निज चालकलाई कार्वाही गरिने डिएसपी विष्टले बताए। 

जनाअवजको टिप्पणीहरू