प्रधानमन्त्री कार्यालयका सचिव कोइरालाले सरकारी गाडीलाई निजी बनाएर लगे

बोलन्या थली | ३० असार २०७७, मंगलवार
प्रधानमन्त्री कार्यालयका सचिव कोइरालाले सरकारी गाडीलाई निजी बनाएर लगे


काठमाडौं, ३० असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बर प्लेट हालेर लगेको खुलासा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट सरूवा भएसँगै उनले मन्त्रालय मातहतको निकायले किनेको गाडीमा निजी प्लेट राखेर लगेको पाइएको हो। सामान्यबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालय पुगेका कोइरालाले सरकारी नम्वर प्लेटको गाडीसहित निजी प्लेट बनाएर लगेको कार समेत प्रयोग गर्दै आएका छन् ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि उनले गाडी फिर्ता गर्न मानेका छैनन् । हुन्डाइको ११९७ सिसिको बा १ झ २१०५ नम्बरको सरकारी सेतो नम्बर प्लेट भएको कार सचिव कोइरालाले बा १५ च ३११५ नम्बरको रातो प्लेट हालेर प्रयोग गरेको पाइएको छ ।

जनाअवजको टिप्पणीहरू