उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि…

बोलन्या थली | ३० असार २०७७, मंगलवार
उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि…

पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ।

स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेटमा अवतरण गर्नुअघि दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएका थिए।

त्यसक्रममा रोयल एयर फोर्सको जेटहरूले गरेको हतारोपूर्ण उडानबारे मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा पोष्टहरू गरेका थिए।

अहिले यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको छ। र उनीहरूले नै अर्को विमानमा उनीहरू डब्लिनतर्फ उड्ने बारे निर्क्यौल गर्नेछन्।

प्रहरीले अहिले विमानलाई एक्लो ठाउँमा लगेर जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

जनाअवजको टिप्पणीहरू