लोन पास गरी दिने भन्दै ठगी गर्ने २ जना डोटिबाट पक्राउ

बोलन्या थली | ३० असार २०७७, मंगलवार
लोन पास गरी दिने भन्दै ठगी गर्ने २ जना डोटिबाट पक्राउ

कैलाली प्रहरीले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेका छ ।  टिकापुर नगरपालिका वडा नम्बर १ की ४४ बर्सिया महिलालाई १० लाख ठगी गर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टलेृ बताए ।

ठगीमा संलग्न दार्चुलाको लेकम गाउँपालिका १ का ३२ वर्षीय पदमराज भट्ट लाई डोटीको पिपल्लाबाट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ बर्सिया सन्जा कुमारी कठायत रोकायालाई डोटीबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्टले बताए ।

भट्टको साथबाट नेपाल बैङ्क लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र,विभिन्न बैङ्क तथा आईएमईका भौचर समेत बरामद गरिएको। छ । भट्टले आफू नेपाल बैङ्क लिमिटेडको शाखा अधिकृत भएको र आफ्नो घर धनगढी उपमहानगरपालिका ५ भएको भन्दै १० लाख दिएमा ३ करोड ५० लाख लोन पास गरी दिने भन्दै पीडित महिलालाई ठगी गरेका थिए ।

उनले ति महिला सँग थप २ लाख माग गरे पछि संकालागेपछि महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी गरेकी थिइन ।
त्यस लगतै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यसअघि पनि पदम राज भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरण तथा जबरजस्ती चोरी मुद्रामा पक्राउ गरेको थियो । भट्टले अरूलाई पनि ठगेको हुन सक्ने भएकाले पीडितलाई कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ ।

जनाअवजको टिप्पणीहरू