कैलालीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

बोलन्या थली | २९ असार २०७७, सोमबार
कैलालीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली। कैलालीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका–२ साडेपानीमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका–२ का ४१ वर्षीय कुष्माकर जोशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको अटो र पश्चिमबाट पूर्वतर्फ गइरहेको म २ प ७९७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ४१ वर्षीय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका–१ कौवाका ३५ वर्षीय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका–६ की ५० वर्षीय ढक्या चौधरी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताए ।

जनाअवजको टिप्पणीहरू