डब्ल्यूएचओका प्रमुखको अवतारमा गजुरेल


कोरोनाको विश्वव्यापी महामारीसँगै विश्वभर देखिएका व्यक्ति हुन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसस ।
कोरोनाले चर्चामा ल्याएका यी पात्र नेपालमै देखिएका छ्न सक्कली होइन नक्कली । चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आगामी गाइजात्रामा आफूलाई टेड्रोसको अवतारमा उतार्न लागेका हुन् । उनको प्रस्तुतिको एउटा टिजरसमेत सार्वजनिक भएको छ ।
कोरोनाको कारण मनोरञ्जन क्षेत्र सुनसान छ । नजिकिँदै गएका विभिन्न चाडपर्वहरु पनि प्रभावित हुने भएका छन् । हास्यकलाकारहरुको उत्सवका रुपमा रहेको गाइजात्राको पनि यसपालि खासै माहोल छैन । तर, पनि गजुरेल लगायतका केही हास्यकलाकार गाइजात्रे प्रस्तुतिका लागि जुटिरहेका छन् ।