सोमबार १ सय ४४ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो
बोलन्या थली |
२९ असार २०७७, सोमबार
सोमबार १ सय ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । कुल संक्रमितमध्ये हाल ६ हजार ६ सय १३ सक्रिय केश छन् ।
पछिल्लो २४ घण्टामा १७०५ जना डिस्चार्ज भएसंगै हालसम्म १० हजार २ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन् ।


