धनगढीमा भएको परिक्षणमा सुदूरपश्चिमका थप ११ जनामा कोरोना संक्रमण

बोलन्या थली | २९ असार २०७७, सोमबार
धनगढीमा भएको परिक्षणमा सुदूरपश्चिमका थप ११ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र अछामका एकजनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीको टिकापुर नगरपालिकाका ४ महिला २ पुरुष गरी ६ जना, गोदावरी नगरपालिका –७ का एक पुरुष र एक महिला गरी २ जना, वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ११ का एक पुरुष गरी ४ जना र अछामको ढकारी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमीत भएको जनाएको छ ।

जनाअवजको टिप्पणीहरू