कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन बिश्वभरी २ लाख ३० हजार कोरोना संक्रमित
बोलन्या थली |
२९ असार २०७७, सोमबार
२९ असार, एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको दैनिक संक्रमित संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको जनाएको छ ।
आइतबार मात्रै २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३७० जना संक्रमित फेला परेको रोयटर्सले जनाएको छ । सबैभन्दा धेरै अमेरिकामा, त्यसपछि ब्राजिल, भारत र दक्षिण अफ्रिका कोरोना संक्रमित भेटिएको समाचारमा जनाइएको छ ।
अघिल्लो रेकर्ड भने २ लाख २८ हजार १०२ थियो । कोरोनाभाइरसका कारण अहिलेसम्म एक करोड ३० लाखको हाराहारीमा पुगेका छन् । अहिलेसम्म विश्वमा कोरोनाभाइरसले पाँच लाख ६० हजार जनाको मृत्यु भइसकेको छ ।