फल्टुडेमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु,एकजना घाइते
बोलन्या थली |
२९ असार २०७७, सोमबार
कैलालीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।भने एक जना घाइते भएका छ्न ।
गएराती १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक चुरे गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका बझाङको बुङगल नगरपालिका २ घरभएका ५० वर्षीय रामबहादुर बोहराको उपचारको लागि धनगढी ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी जनाएको छ ।
बझाङको बुङगल नगरपालिका २ कै नारदसिह धामी घाईते भएका छन्। चालक कलक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।