होम सेन्टरबाटै विश्वविद्यालयले परिक्षा सञ्चालन गर्ने

बोलन्या थली | २९ असार २०७७, सोमबार
होम सेन्टरबाटै  विश्वविद्यालयले परिक्षा सञ्चालन गर्ने

काठमाडौं, असार २९ । कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालन गर्न सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका रूपमा विद्यार्थीले आफूले पढेकै ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट ‘सिकाइ सहजीकरण प्रारूप २०७७’ स्वीकृत गरी परीक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको छ। आयोगको असार १९ गते बसेको बैठकले प्रारूपलाई निर्देशिकाको रूपमा जारी गरेको छ। आयोगले जारी गरेको निर्देशिकाअनुसार विश्वविद्यालयमा लकडाउनका कारण रोकिएका परीक्षालाई सम्बन्धित उच्च शैक्षिक निकायहरूले होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नसक्ने गरी गाँठो फुकाएको हो।

प्रारूपको बुँदा १३ मा परीक्षासम्बन्धी गरिएको व्यवस्थामा विश्वविद्यालयका सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्न सकिने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ। विश्वविद्यालयहरूले सुरक्षा प्रोटोकल अपनाएर सामाजिक दुरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने र अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।

जनाअवजको टिप्पणीहरू