कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि

बोलन्या थली | २७ असार २०७७, शनिबार
कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आज थप ३ जनामा कोरोना पुष्टि भएको हो । धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २९० नमुना मध्ये ३ जनामा कोरोना देखिएको हो ।

कञ्चनपुरको कृष्णपुरका नगरपालिका वडा नम्बर २ का २७ बर्षिय पुरुष, वडा नम्बर ५ का ३२ बर्षिय पुरुष र भिमदत्त नगरपालिका वडा नम्बर ९ का ३३ बर्षिया महिलामा कोरोना पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू