डडेल्धुरामा झडप हुदाँ एक बालकको मृत्यु

बोलन्या थली | २७ असार २०७७, शनिबार
डडेल्धुरामा झडप हुदाँ एक बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा घाइते भएका एक बालकको मृत्यु भएको छ । झडपमा परी घाइते भएका डडेल्धुराको आलिताल गाउँपालिका ६ भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको हो ।

आलिताल गाउँपालिका वडा नम्बर ६ मा दुई दिनअघि खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको धनगढीस्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले बताए ।

जनाअवजको टिप्पणीहरू