नेपालमा थप ११८ जनामा कोरोना पुष्टि
बोलन्या थली |
२६ असार २०७७, शुक्रबार
काठमाडौँ । नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १२० रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ११ रहेको उनले बताए ।