गगन थापाले भारतीय मिडियालाई गोदि मिडिया भन्दै नहेर्न आग्रह

बोलन्या थली | २६ असार २०७७, शुक्रबार
गगन थापाले भारतीय मिडियालाई गोदि मिडिया भन्दै नहेर्न आग्रह

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर प्रसारित विषयवस्तुप्रति आपत्ती व्यक्त गरेका छन् । उनले त्यस्ता मिडियालाई ‘गोदी मिडिया’ भन्दै यसले हामी सबैको अपमान गरेको भनेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले शुरुमा नेकपा विवादमा चिनियाँ राजदुतको संलग्नतालाई अशोभनीय भनेका छन् । त्यसप्रति आपत्ती जनाएका छन् ।

थापाले गोदी मिडिया नेपालमा नहेर्न आग्रह गरे । थापाको ट्वीट गरेर भनेका छ्न,- नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा @PM_Nepal लाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।

जनाअवजको टिप्पणीहरू