सुदूरपश्चिम प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि

बोलन्या थली | २५ असार २०७७, बिहीबार
सुदूरपश्चिम प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको सेति अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी   श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ९ का पाँच जना, गौरीगंगा नगरपालिकाका तीन जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र भीमदत्त नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ। 

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर १ का दुई जना, अछामको साँफेवगर नगरपालिकाका दुई जना, मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। पछिल्लो २४ घण्टामा दुई सय ५७ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए।

जनाअवजको टिप्पणीहरू