डडेल्धुराको गन्यापधुरामा युवकलाई कुटपिट गरी हत्या गर्न खोज्ने पाँच जना पक्राउ


डडेल्धुरामा एक युवकलाई कुटपिट गरी हत्या गर्न खोज्ने आरोपमा पाँच जना युवा पक्राउ परेका छ्न । सोमबार जिल्लाको गन्यापधुरा गाउँपालिका –२ मेलमुडा बस्ने ४५ वर्षीय तेजबहादुर बोहरालाई सोही ठाउँका पाँच जनाले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन ।
राति करिब साढे ९ बजेतिर ढुंगामुढा तथा हतौडा प्रहार गरेर कुटपिट गरेको आरोपमा मंगलबार वडा नम्बर २ का ४७ वर्षीय भिमबहादुर बोहरा, २४ वर्षीय रमेश बोहरा, २२ वर्षीय भुवन बोहरा, २० वर्षीय केशव बोहरा र २१ वर्षीय सन्तोष बोहरालाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन।
पक्राउ परेका पाँचै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जनाए ।