नेपालमा थप २५५ जनामा कारोना पुष्टि


काठमाडौं । नेपालमा बुधवार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ९७ प्रतिशत संक्रमित बाहिरबाट भित्रिएका नेपाली रहेको बताए । उनले हालसम्म पनि समुदाय स्तरमा कोरोना नफैलिएको पनि बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।