प्रतिपक्षीको नाराबाजीकैबीच सुदूरपश्चिम प्रदेशसभाद्धारा बजेट पारित
बोलन्या थली |
२४ असार २०७७, बुधबार
धनगढी । प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गरेको छ।
प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै असार १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित हुँदै आएको थियो।
उनिहरुले कोरोना महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको व्यापक दुष्प्रभावलाई दृष्टिगत गर्दै तदनुरूपका कार्यक्रम ल्याउनु पर्ने र कोरोना महामारीबाट आक्रान्त सुदूरपश्चिमवासीलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्नेलगायतका माग अघि सारेका छन ।
प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।