व्यथा;होटलका जुठा भाँडा माझेर बिरामी आमा र भाइको खर्च जुटाउदै

बोलन्या थली | २४ असार २०७७, बुधबार
व्यथा;होटलका जुठा भाँडा माझेर बिरामी आमा र भाइको खर्च जुटाउदै

घरमै बसेर आमा भाईसङ्ग रमाउने रहरलाई पटक्कै छोडेर होटलका जुठाभाडा धोएर घरको खर्च चलाउन बाध्य भए डडेल्धुराको अजयमेरु गाउँपालिकाका १७ बर्षिय बालक मेख राज पन्त । अरु जस्तै पढ्ने रहर हुदाहुदै पनि सानै उमेर हुदा उनको बुबाको निधन भयो । गाउँमा अरुको गोरु जोतेर घरखर्च जुटाईरहेका बुबाको निधन भएपछी घरको खर्च जुटाई कोहि पनि भएन । घरमा साना चार भाई अनि बिरामी आमाको मुख हेरेर घरमा बस्ने सकेन उनी । कक्षा ६ पढदै गरेका उनी शहरमा गएर केही पैसा कमाएर बिरामी आमा र ती साना भाईको खर्च जुटाउन सकिन्छ कि भनेर स्कुल छोडेर डडेल्धुरा सदरमुकाममा जागिर खोज्न लागे । न उनी पढेका थिए न कसैसङ्ग चीन जान नै थिएन । सदरमुकाममा डुल्दैडुल्दै एक होटलमा भाडा धुने काम गर्न थाले । घरमा रहेकी बिरामी आमा र ती साना भाईका लागि खर्च जुटाउन आएका उनि होटलमा भाडा धोएर कमाएको पैसाले उनलाई केही नपुग्ने। आफूले त पढ्न त पाईन्न तर भाइहरुलाई पढाउन र बिरामी आमाको औषधि गर्न उनलाई रातदिन चिन्ताले पिरोलि रहन्थ्यो । केही बर्ष डडेल्धुराको सदरमुकामको होटलमा काम गरे तर घरखर्च धान्न मुसकिल हुन थाल्यो । उनको मनमा यहाँ भन्दा बाहिर जादा केही पैसा बढी पैसा कमाईन्छ कि भनेर सोच आई रहन्थ्यो । उनी डडेल्धुराबाट आएर अहिले धनगढीको एक सानो होटलमा काम गर्दै छ्न । उनलाई बिरामी आमाको चिन्ताले पिरोली रहन्छ । आफ्नो माहिलो भाइले आमा र अन्य भाइहरुको रेखदेख गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । उनलाई भाईले केही दिन अघि फोन गरेर मोवाइल किनिदिनु भनेका छ्न । उनले भाईलाई मोबाइल किनि दिने बाचा गरेका छ्न तर उनिसङ्ग न पैसा छ न उनको कमाईले मोवाइल किन्न सहज छ । तैपनि उनि होटलका जुठा भाँडा माझेर बिरामी आमा र भाइहरुका रहर पूरा गर्न संघर्ष गरिरहेका छ्न ।

जनाअवजको टिप्पणीहरू