नेपाल प्रहरीको २८ औं आईजीपी बने शैलेश थापा क्षेत्री

बोलन्या थली | २३ असार २०७७, मंगलवार
नेपाल प्रहरीको २८ औं आईजीपी बने शैलेश थापा क्षेत्री

नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । सरकारले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । थापा २०६७ साल फागुन १५ गते एआईजीमा बढुवा हुनुभएको थियो ।

गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरे अनुसार आज बसेको मन्त्रिपरिषको बैठकले थापालाई आईजीपी बनाएको हो ।

२२ महिनाको प्रहरी संगठनको नेतृत्व सम्हाल्नु भएका थापा २०४९ बैशाख १९ प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो ।

जनाअवजको टिप्पणीहरू