कैलालीमा ठगी गर्ने गिरोह सक्रिय,सचेत रहन प्रहरीको अपिल
बोलन्या थली |
२३ असार २०७७, मंगलवार
धनगढी,२३ असार – कैलालीमा चिठ्ठा परेको भन्दै इमोबाट ठगी गर्ने गिरोह सक्रिय बनेका छन । सामाजिक सञ्जाल इमो, भाईवरको माध्यमवाट चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने गिरोह सक्रिय भन्दै सचेत रहन जिल्ला प्रहरी कार्यालय कैलालीले अपिल गरेको छ । एक सुचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले नझुकिन भनेको छ।
‘सामाजिक सञ्जालको प्रयोग गर्दै चिठ्ठा परेको छ भनि बधाई दिएर खाता नम्वर माग्ने, राजश्व तिर्नुपर्छ भनि बैंक खातामा पैशा पठाउन लगाउँदै ठगी गरेको गुनासो आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । अहिले ठगि गर्ने गिरोह सक्रिय रहेकाले अपरिच व्यक्तिलाई व्यक्तिगत विवरण नदिन उनले आग्रह गरे ।