कैलालीमा ओली र प्रचण्डका कार्यकर्ताबीच कुटाकुट


कैलाली । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा समूहबीच कुटाकुट भएको छ ।
सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो। सचेत नागरीक समाजको तर्फबाट ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण गरेका थिए।
लगत्तै बोल्न माईक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए। त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि खनीएका थिए।