मन्त्री ज्यू के छ खबर?

बोलन्या थली | २२ असार २०७७, सोमबार
मन्त्री ज्यू के छ खबर?

काठमाडौं । काठमाण्डौमा कोरोना भाइरसको प्रभावकारी उपचारको माग गर्दै अनसन बसेकाहरूको समर्थनमा प्रदर्शन भएको छ । सोमबार साझ बसन्तपुरमा हातमा प्लेटकार्ड सहित बोकेका उनीहरुले मन्त्री ज्यू के छ खबर?, हामी जवाफदेहीता, पारदर्शीता चाहन्छौंँ, लाचार नबन सरकार, अति भयो लगायत बोकेर प्रदर्शन गरेका थिए ।

पीसीआर परीक्षणको गति बढाउनु पर्ने, क्वारेन्टिनको गुणस्तर बढाउनुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग राख्दै युवाहरु अनशन बसेका छ्न ।

प्रदर्शनमा सहभागीले अनसनमा बस्नेहरूको माग पूरा गर्न आग्रह गरेका छन् ।

जनाअवजको टिप्पणीहरू