डडेल्धुरामा पिसीआर मेसिनको उद्घाटन,सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा परिक्षणका लागि सहज
बोलन्या थली |
२२ असार २०७७, सोमबार
हयुमनिटि फाउन्डेसन नेपालको सहयोग जनस्तरमा संकलन गरिएको रकमबाट खरिद गरुएको पिसीआर मेसिनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रम गर्दै जिल्ला समन्वय समिति डडेल्धुराका संयोजक गणेश भट्टले मेसिनको औपचारिक उद्घाटन गरेका हुन। फाउन्डेसनका अध्यक्ष श्याम तायलले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन्।
स्थापना भएको पिसीआर मेसिनबाट बिहिबारबाट परीक्षण सुरु भइसकेको छ। परिक्षण सुरु भएसङ्गै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा कोरोना परिक्षणका लागि सहज भएको छ


