आज र भोली बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइदै

बोलन्या थली | २२ असार २०७७, सोमबार
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइदै

देशभरी आज र भोली बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइने भएको छ । स्वास्थ्य मन्त्रालयले १ बर्षदेखि ५ बर्षमूनीका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको जनाएको छ ।

त्यसैगरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई आजै बालभिटा पनि खुवाइने भएको छ । भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट बचाउने, जुकाको औषधिले बच्चाको पेटमा भएका जुकालाई मारेर रक्तअल्पता हुन नदिने र बालभिटाले बच्चालाई कुपोषणबाट हुनबाट बचाउनुका साथै पोषणस्थिती सुधार गर्ने चिकित्सकहरुले बताएका छन् ।

सामाजिक दुरी कायम गर्दै खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बैशाख ६ र ७ गते सञ्चालन गर्ने तय गरिएको कार्यक्रम कोरोनाका कारण आज र भोली खुवाउन लागिएको हो ।

जनाअवजको टिप्पणीहरू