कञ्चनपुरमा छिमेकीको हत्या गरी फरार रहेका खड्का पक्राउ


कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ मा शनिवार राती छिमेकीको हत्या गरेर फरार भएका गौरब खडका पक्राउ परेका छन् ।हत्या गरेर फरार रहेका उनलाई आज बिहान घरबाटै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए ।
आज नै पत्रकार सम्मेलन गरि हत्यारा सार्वजनिक गर्ने उनले बताए । शनिवार राती १० बजे तिर करीब ५० वर्षीय गोपाल कुँवरलाई छिमेकी गोरे भनी चिनिने करीब ४० वर्षीय गोरख बहादुर खड्काले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेका थिए । फरार आरोपितको खोजीका लागि नेपाल प्रहरीले कुकुर समेत परिचालन गरेको थियो ।