खाली खुट्टा हिँडेर कञ्चनपुरमा सरकार विरुद्ध प्रदर्शन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा युवाहरुले खाली खुट्टा हिँडेर सरकार विरुद्धप्रदर्शन गरेका छन्। विभिन्न माग राख्दै उनीहरुले महेन्द्रनगरको मदन चोक देखी बजार परिक्रमा गरेर भीमदत्तनगरपालिका मुल गेट अगाडी नाराबाजी गरेका छन्।
उनीहरुले क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य परिक्षण लगायतका काममा पालिकाहरुलले बढी जिम्मेवारी हुनुपर्ने भएपनि स्थानीय सरकार संवेदनशिल नभएको आरोप लगाउँदै प्रदर्शन गरेका छन् ।
उनीहरुले आरडिटी परीक्षण विश्वश्नीय नभएको बताउँदै सरकारले अहिले आरडिटी परीक्षण गरेर क्वारेन्टिनमा बसेकालाई घर पठाइरहेकाले तत्काल त्यसलाई रोकेर पिसीआर जाँच गनुपर्ने माग राखेका छन् ।