कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी छिमेकिको हत्या


कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा आफ्नै छिमेकीले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार गएराति १० बजे तिर करीब ४७ वर्षीय गोपाल कुँवरलाई छिमेकी गोरे भनी चिनिने करीब ४० वर्षीय गोरख बहादुर खड्काले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको बुझिएको छ ।
छिमेकीहरुका अनुसार, कुँवर र खड्का बीच एकापसमा सामान्य विवाद हुँदा खड्काले बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ । घटनापछि आरोपित खड्का फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।