डडेल्धुरामा इन काउलसहित बच्चा जन्मियो
बोलन्या थली |
२१ असार २०७७, आईतवार
डडेल्धुरामा इन काउलसहित बच्चाको जन्म भएको छ।
शनिवार डडेल्धुरा अस्पतालमा डोटीकाे दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले जुम्ल्याहा सन्तान (छोरा) मध्येको दोस्रोपटक जन्मिएको छोरा इन काउलसहित जन्मिएको डाक्टर राजन शाहले बताए । डाक्टरका अनुसार शल्यक्रियामार्फत सो प्रसूति गराउने क्रममा ‘इन काउल बर्थ’ भएको जानकारी दिए । बच्चाको बहिरी शरिरलाई पानीको थैलिसहितलाई ‘इन काउल बर्थ’ भने गरिन्छ । संसारमै दुर्लभ रुपमा ‘इन काउल बर्थ’ हुने गरेको डाक्टरले जनाए ।
बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरेपनि जन्मिने क्रममा प्रायः यो थैली आफैँ फुट्ने गर्दछ।
बच्चा र आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।