सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि

बोलन्या थली | २० असार २०७७, शनिबार
सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि

धनगढी ।  सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँ ४९ र धनगढी प्रयोगशालामा १० गरी आज थप ५९ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीनरतीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। 

यता धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा ४ महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २१७ जनामा कोरोना परीक्षण गरिएकोमा १० जनामा पोजेटिभ आएको हो । नयाँ थपिएका संक्रमितमध्ये ४ जना महिला र ६ जना पुरुष छन् ।

उनीहरु अछामका एक महिला, बैतडीका एक पुरुष, डोटीका ३ जना पुरुष,कैलालीका १ जना पुरुष र कञ्चनपुरमा २ महिला र २ जना पुरुष छन् । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ९४ पुगेको छ।

जनाअवजको टिप्पणीहरू