सुदूरपश्चिम घर भएका पाल नयाँ आईजिपी बन्लान ?


२८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक द्वय शैलेश थापा क्षत्री र हरिबहादुर पाल छन्। नयाँ आईजीपीको दौडमा रहेका एआईजी हरि बहादुर पाल दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जन्मिएका उनी नयाँ आईजिपी बन्न बलियो सम्भावना रहेको छ । पालसंगै अर्का एआईजी शैलेश थापा क्षेत्री पनि नयाँ आईजीपीका दाबेदार छ्न। पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।
अहिलेसम्म पाल विवादमा परेका छैन। उनले प्रहरी संगठनमा स्वच्छ छवि बनाएका छ्न । उनि प्रहरी नायब महानिरीक्षक हुँदा २ नम्बर प्रदेश प्रहरी कार्यालय, विशेष ब्युरोको नेतृत्व सम्हाले। उनले एआईजी भएपछि मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन्।
कमान्ड कन्ट्रोल, नीति तथा योजना तर्जुमा र संगठन सुदृढीकरणमा सक्षम रहेका उनि २०७० मंसिरयता डीआईजीबाट सिधै आईजीपीमा बढुवा भए। अहिले नयाँ आईजिपीमा एआईजीबाटै नेतृत्वमा छ्नोट गरिदै छ। कार्यक्षमता, कार्यदक्षता, वरिष्ठता र योग्यतालाई आधार मानिँदै आएको छ। पालले प्रहरी निरीक्षकदेखि एआईजीसम्म आइपुग्दा जिल्लादेखि केन्द्रमै भएका चुनौतीपूर्ण घटनानजिक रहेर काम गरेका छन्। महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदै छन् ।