कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु
बोलन्या थली |
२० असार २०७७, शनिबार
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा भारतवाट आएकी एक महिलाको मृत्यु भएको छ । यही जेठ २६ गते भारतको सुरतवाट श्रीमान , छोरी र बुहारीसंगै नेपाल आएकी ४८ बर्षिय महिलाको शुक्रवार साझ साढे ७ बजेतिर मृत्यु भएको हो ।
उनी प्रेसर र प्यारालाईसिसको बिरामी रहेकाले उपचारका लागि भारतमा गएको र भारतवाट आएर १४ दिन क्वारेन्टाइनमा बसी आरडिटी नेगेटिभ आएपछि घर पठाइएको थियो । घरमा गएर होम क्वारेन्टाइनमा बसेका बेला उनको मृत्यु भएको हो ।
मृतक महिलाको पिसिआर परिक्षणका लागि शुक्रवार राति नै स्वाब संकलन गरि धनगढी पठाइएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । शव भने अहिले घरमै रहेको छ । रिपोर्ट आएपछि मात्र शवको दहासंस्कार गरिने भएको छ ।