कैलालीमा क्वारेन्टाइनमा बसेर घर फर्केकी एक महिलाको मृत्यु


कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा क्वारेन्टाइन बसेर घर फर्केकी एक महिलाको मृत्यु भएको छ । भारतकोवाट श्रीमान , छोरी र बुहारीसंगै नेपाल आएकी ४८ बर्षिय महिलाको शुक्रवार साझ साढे ७ बजेतिर मृत्यु भएको हो ।
क्वारेन्टाइनमा १४ दिन बसेर आरडिटी परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछी घर गएकी थिईन । उनी प्रेसर र प्यारालाईसिसको बिरामी रहेको जनाएको छ ।
मृतक महिलाको पिसिआर परिक्षणको रिपोर्ट आएपछि मात्र शवको दहासंस्कार गरिने भएको छ ।