धनगढीमा दुई युवतीको शव फेला


कैलालीमा दुई युवतीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको हो । धनगढी ७ कि १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रारम्भिक अनुसन्धानमा दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको देखिएको जनाएको छ । शव भएको नजिकै सेल्फास नामक विषादी फेला परेको प्रहरीले जनाएको छ ।
दुवै शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
