कोरोना रिपोर्ट पोजेटिभ आएपछि बझाङका युवकले गरे आत्महत्या
बोलन्या थली |
१९ असार २०७७, शुक्रबार
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ७ मा होमआइसोलेसनमा रहेका एक जनाले आत्महत्या गरेका छन्।बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले घरबाट भागेर नजिकैको जंगलमा पुगी आज बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ।
मृतक भारतबाट आएर जेठ १९ गतेदेखि जयपुर लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका थिए।हिजो रिपोर्ट पोजिटिभ आएपछि आज बिहानै उनले आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले बताए।