महिलालाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा वडाध्यक्ष पक्राउ


कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्ष पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथले स्थानीय एक महिलामाथि दुव्र्यवहार गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरवहादुर थपा क्षेत्रीले बताए ।
ब्रह्मदेव बजारमा वडाध्यक्ष नाथले एक महिलालाई अपशब्द बोल्दै स्पर्श गरेको स्थानीयको आरोप छ। घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो। वडाध्यक्षजस्तो मान्छेले महिलालाई दुर्व्यवहार गरेको भन्दै आक्रोशित स्थानीयले सीमा प्रहरी चौकी ब्रह्मदेव घेराउ गर्दै कारबाही माग गरेका छन ।