सैपाल ग्याँस बजारमा
बोलन्या थली |
१९ असार २०७७, शुक्रबार
धनगढी । कैलालीको गोदावरीमा उत्पादन भएको सैपाल ग्याँस एभरेस्ट ग्रुपले बजारमा पठाउन सुरु गरेको छ । विगतमा मुलुकका विभिन्न छ स्थानमा ग्यास सञ्चालन गरेको एभरेस्ट ग्रुपले जिल्लाको गोदावरी नगरपालिका १ मा सुरु भएको सैपाल ग्याँस उद्योग पनि खरिद गरेको हो ।
बिहीबार उद्योग परिसरमै पत्रकार सम्मेलनको आयोजना गर्दै सैपाल ग्याँस प्रालीका प्रस्तावित अध्यक्ष शिव प्रसाद घिमिरेले बिहीबार बाटै ग्याँस बजारमा पठाउएको बताएका थिए ।
कैलालीमा उत्पादन भएको ग्याँस सुदूरपश्चिम प्रदेशका ९ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र प्रदेश ५ का २ जिल्ला सम्म पु¥याउने लक्ष्य रहेको घिमिरेले बताए । एभरेस्ट ग्रुपले सैपाल ग्यास उद्योग १८ करोडमा किनेको जनाएको छ ।