डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन सञ्चालन

बोलन्या थली | १८ असार २०७७, बिहीबार
डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन सञ्चालन

डडेल्धुरा । नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा नागरिकस्तरबाट स्थापना गरिएको पीसीआर मेसिन सञ्चालनमा आएको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन सञ्चालनमा आएको हो ।

यतिबेला धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूनाहरुको पुनः परीक्षण भईरहेको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले बताए । उनले विहीवारदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए ।

अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढी स्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाण्डौबाट आएका ईञ्जिनियर सहितको टोलीले वुधवार पिसिआर मेसिनको गुणस्तर परीक्षण गरेका छन् ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईरहेको बताए । यसअघि धनगढीमा परीक्षण गरिएका स्वावको पुनः परीक्षण पछि डडेल्धुरामा संकलित स्वाव परीक्षण गरिने उनको भनाई छ । ती परिक्षण गरिएका स्वावको नमूनालाई धनगढी स्थित प्रयोगशाला पुनः परीक्षण गरिनेछ ।

मेसिनको गुणस्तर र क्षमता जाँच गर्न पहिलो चरणमा धनगढीमा परीक्षण गरिएका स्वावलाई पुनः परिक्षण गरिएको शाहीले बताए । उनले विहीवारदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू