सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको मृत्यु

बोलन्या थली | १७ असार २०७७, बुधबार
सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर ।  सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय बालक पर्वत गिरीको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्र बिष्टका अनुसार बालकलाई गएराति सर्पले डसेको र घरपरिवारले थाहा पाएपछि राति नै महाकाली उपप्रादेशिक अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लैजाँदै गर्दा बालकको बुधबार बिहान बाटोमै मृत्यु भएको जनाएको छ । सर्पले टोकेपछि समयमै उपचार नहुँदा यहाँका नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता अझै कायमै छ ।

सर्पदंशकै कारण  असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको समेत मृत्यु भएको थियो ।

जनाअवजको टिप्पणीहरू