सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुग्यो
बोलन्या थली |
१६ असार २०७७, मंगलवार
अछाम । अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा जेठ १४ गते बयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।
भारतबाट आई क्वारेन्टाईनमा बसेका उनलाई आरडीटी नेगेटिभ देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि बयालपटा अस्पताल पुर्याईएका उनको उपचारको क्रममा मृत्यु भएपछि स्वाव संकलन गरि धनगढी पठाइएको थियो ।
पिसिआर परिक्षणका क्रममा उनको कोरोना पोजेटिभ आएको हो ।योसंगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको संख्या सात पुगेको छ।