सुदूरपश्चिम प्रदेशमा आज थप दुई जनामा कोरोना पुष्टि


धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
पछिल्लो २४ घण्टामा ३४ वटा नमुना मात्रै परिक्षण भएका हुन । जसमध्ये दुई जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ३७ पुगेको छ।