दार्चुलाको नौगाडमा पहिरो खस्दा बाबु छोराको मृत्यु , श्रीमती गम्भिर घाइते


दार्चुला,असार १५। जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले दुई जनाको ज्यान गएको छ । गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।
उनकी श्रीमती चनमति महता गम्भिर घाइते रहेको तथा उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उनले बताए ।
यस्तै अन्य तीन जनाको घरमा समेत भएको उहाले बताए । सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।